कोरोना संक्रमितको संख्या साढे दुई लाख नाघ्यो : आज थप ९३६ सक्रमित, १४ जनाको मृत्यु

245

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार १ सय १७ जनामा गरिएको पिसिआर परीक्षणको नतिजा अनुसार ५ सय ८५ पुरुष र ३ सय ५१ महिला गरी ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै अहिलेसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।

मंगलबार थपिएका संक्रमितहरुमा प्रदेश एकका सुनसरीमा ३४, मोरङमा ३३, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ५, पाँचथरमा दुई, उदयपुर, तेह्रथुम र सङ्खुवासभामा एक/एक जना गरी १ सय १० जना रहेका छन् ।

प्रदेश नम्बर दुईमा धनुषाका ३, बारा र सिरहाका २/२, पर्सा र रुपन्देहीका एक/एक गरी जम्मा ९ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमितको संख्या बढी भएको बागमती प्रदेशमा काठमाडौंका ३ सय १०, ललितपुरमा ८६ , भक्तपुरमा ४२, काभ्रेपलाञ्चोकमा ३१, चितवनमा १६, मकवानपुरमा १३, दोलखामा ८, धादिङ र सिन्धुपाल्चोकमा ६/६, नुवाकोटमा ३, सिन्धुलीमा २ तथा रामेछापमा एक जना गरी ५ सय २४ संक्रमित थपिएका छन् ।

यस्तै, गण्डकी प्रदेशका कास्कीमा ७०, तनहुँमा १५, लमजुङ ७, बागलुङ ६, गोरखामा ५, नवलपरासी पूर्व र स्याङ्जामा ४/४ र पर्वत र म्याग्दीमा एक/एक जना थपिएका छन् ।

लुम्बिनी प्रदेशका रुपन्देहीमा ३५, बाँकेमा २७, प्युठानमा १६, पाल्पामा ५, नवलपरासी पश्चिम र बर्दियामा पाँच/पाँच, कपिलवस्तुमा ४, दाङमा २, अर्घाखाँचीमा एक गरी १ सय १ जना रहेका छन् ।

यसैगरी कर्णाली प्रदेशका सुर्खेतमा ८, रुकुम पश्चिममा २ तथा कालिकोट र दैलेखमा एक/एक जनासहित १२ जना संक्रमित थपिएका छन् । यस्तै, सुदूरपश्चिमका कैलालीमा ३३, कञ्चनपुरमा १८, अछाममा ५, डडेल्धुरा र दार्चुलामा ३/३, बझाङ र बैतडीमा २/२ तथा डोटीमा एक गरी ६७ जना थपिएका छन् ।

मंगलबार थपिएका संक्रमितसँगै देशभर ९ हजार ८ सय ८१ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ९ सय ९६ जना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोना मुक्त हुनेको कूल संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

देशभर पछिल्लो २४ घन्टाभित्र कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । जम्मा मृत्यु हुनेको संख्या १ हजार ७ सय ७० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...