बिबिएल २०२० : एडिलेड स्ट्राइकर्सको पहिलो जित, होबार्ट ५ विकेटले पराजित

159

काठमाडौं । दशौं संस्करणको बिग बास लिग(बिबिएल) टी–२० अन्तर्गत एडिलेड स्ट्राइकर्स विजयी भएको छ । मंगलबार भएको लिग चरणको खेलमा पहिलो जित हासिल गर्ने क्रममा एडिलेडले होबार्ट हुरिकेन्सलाई ५ विकेटले पराजित गरेको हो ।

१ सय ४७ रनकाे लक्ष्य पछ्याएकाे एडिलेडले ३ बल बाँकी रहँदै विकेटकाे क्षतिमा पुरा गर्याे । एडिलेडको जितमा ज्याक वेदरल्ड र एलेक्स क्यारीले अर्धशकीय पारी खेले । वेदरल्डले ४८ बलमा ४ छक्का र ४ चाैकाकाे मद्धतमा नटआउट ६८ रनकाे पारी खेले । यस्तै, एलेक्स क्यारीले ५५ रनको योगदान दिए ।

यसैगरी, जाेनाथान वेल्स ८, फिलिप साल्ट ६ तथा म्याट रेन्सा २ रनमा आउट भए ।

यसअघि, लाउन्सेस्टनस्थित आरोरा स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको होबार्ट हुरिकेन्सले तीन बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।

खराव सुरुवात गरेको होबार्टका लागि बेन म्याकडर्मोट र कोलन इन्ग्रामले समान ४६/४६, टिम डेभिठले २४ तथा मकालिस्टर राइटले १५ रन बनाउनुबाहेक अन्या ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।

होबार्टलाई कम रनमा समेट्ने क्रममा एडिलेड स्ट्राइकर्सका अष्ट्रेलियन बलर पिटर सिडलले सर्वाधिक पाँच विकेट लिए । यस्तै, वेस अगरले २ तथा राशिद खान र दानिएल वोरोलले समान एक/एक विकेट लिए ।

जितसँगै एडिलेड पाँचाैं स्थानमा उक्लिएकाे छ । तालिकामा मेलबर्न स्टार्स शीर्ष स्थानमा रहेकाे छ भने पराजित हुरिकेन्स दाेस्राे स्थानमा यथावत् रहेकाे छ । सिड्नी सिक्सर्स तेस्राे, मेलबर्न रेनेगेड्स चाैथाे स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...