अपराजित रहँदै राप्तीले जित्यो गौतम बुद्ध कपको उपाधि

220

काठमाडौं । पहिलो संस्करणको ‘गौतम बुद्ध कप २०७७’ को उपाधि राप्तीले जितेको छ । मंगलबार भएको फाइनल खेलमा अपराजित रहँदै फाइनल पुगेकाे राप्तीले नारायणीलाई ९ रनले पराजित गर्दै उपाधि जितेको हो ।

१ सय ४५ रनको विजयी लक्ष्य पाएको नारायणीले निर्धारित २० ओभरमा १ सय ३४ रन मात्र बनाउन सक्यो । नारायणीका आरिफ शेलले ४८, इशान पाण्डे र रित गौतमले समान २७/२७ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

राप्तीका अविनाश बोहराले ३, भुवन कार्कीले २ तथा कमल सिंह ऐरी र जितेन्द्र कार्कीले समान एक/एक विकेट लिए ।

यसअघि, नमुना गौतम बुद्ध क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरम ८ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो ।

राप्तीका लागि कुशल भुर्तेलले ४२, कप्तान बिनोद भण्डारीले ३३, सुमित महर्जनले २२, ओपनर अमित श्रेष्ठले १८ तथा शरद भेषवाकरले १० रनको पारी खेले ।

नारायणीका शाहब आलमले ३, सुशन भारीले २ तथा करण केसीले एक विकेट लिए ।

पहिलो खेलमा नारायणी सुपर ओभरमा विजयी हुँदै फाइनलमा पुगेको थियो भने राप्तीले पहिलो खेलमा बागमतीलाई ११ रन तथा दोस्रो खेलमा नारायणीलाई १ विकेटले पराजित गर्दै फाइनलमा नारायणीसँग भेट पक्का गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...