अवैध २,४६० किलो चिनीसहित ४ जना पक्राउ

190

मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ बाट भन्सार चोरी पैठारी गरी भित्र्याइएको २ हजार ४ सय ६० केजी चिनीसहित ४ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा सोमबार साँझ ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनीसहित रङगेली नगरपालिका–१ का २१ वर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका–१ का १७ वर्षीय दीपक कुमार मण्डल, १८ वर्षीय अर्जुन कुमार मण्डल र १९ वर्षीय रुपेश मण्डललाई निजहरुले चिनी ओसार पसार गर्न प्रयोग भएको को१८प ५७४३, को२२प १६४४ र को११प ६६५९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यसैगरी, सुनवर्सी नगरपालिका–७ बाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी रु १६ लाख (सोह्र लाख) मूल्य बराबरको अन टेस्ट ट्याक्टर बरामद भएको छ ।

प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमबार राति ८ बजे ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद भएको चिनी तथा ट्याक्टर समेत आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...