पछिल्लो २४ घन्टामा विश्वभर ५,२८,३०७ जना संक्रमितः भाइरसबाट ८,५२९ को मृत्यु

137

काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख २८ हजार ३ सय ७ जना संक्रमित थपिएका छन् । यस्तै, ८ हजार ५ सय २९ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्र एक लाख ९८ हजार ६ सय ४७ जना थपिएको छ । योसँगै अमेरिकामा कूल संक्रमितको संख्या एक करोड ६९ लाख ४२ हजार ८ सय २२ पुगेको छ । कोभिड(१९बाट पछिल्लो २४ घन्टामा १ हजार ६ सय १९ जनाको मृत्यु भएको छ ।

यस्तै, कोरोनाभाइस संक्रमण संख्या अनुसार दोस्रो स्थानमा रहेको भारतमा २१ हजार ७ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ५३ जनाको निधन भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ९९ लाख ६ हजार ५ सय ७ रहेको छ ।

ब्राजिलमा २७ हजार ४ सय १९ जना थपिदा ५ सय २६ जनाको मृत्यु भएको छ । यसैगरी, रसियामा २७ हजार ३ सय २८, फ्रान्समा ३ हजार ६३, बेलायतमा २० हजार २ सय ६३, इटालीमा १२ हजार ३०, टर्कीमा २९ हजार ६ सय १७ जना, स्पेनमा ७ हजार ९ सय ६७ र अर्जेन्टिनामा ५ हजार ६२ संक्रमित थपिएका छन् भने ब्राजिलमा ५ सय २७, रसियामा ४ सय ५०, फ्रान्समा ३ सय७१, बेलायतमा २ सय ३२, इटालीमा ४ सय ९१, टर्कीमा २ सय २९, स्पेनमा १ सय २९ र अर्जेन्टिनामा २ सय ७५ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर कोरोनाभाइरसबाट ७ करोड ३१ लाख ८१ हजार ३ सय ६४ जना संक्रमित भएका छन् भने १६ लाख २७ हजार ४ सय १९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५ करोड १३ लाख १२ हजार ७ सय ४१ जना स्वास्थ्य भइ फर्किएका छन् । २ करोड २ लाख ४१ हजार २ सय ४ जना अझै सक्रिय संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ६ हजार ४ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...