मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

1,117

काठमाडौं । मानव बेचविखनमा संलग्न फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने सिन्धुपाल्चोक साविक सिन्धुकोट गाविस-२ स्थायी घर भएकी ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

२०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी ५ जनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुबइ, कतार, मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पुर्‍याइ बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाएको घटनामा संलग्न रहेकी उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिल कुमारीगालबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न ताप्लेजुङ, मिरिङदेङ गाउँपालिका-४ स्थायी घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई सोही व्यूरोबाट खटिएको प्रहरीले मंसिर १६ गते पक्राउ गरेको थियो ।

उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भइ थप अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...