पछिल्लो २४ घन्टामा विश्वभर थप ५,३९,२२९ जनामा संक्रमण : कोरोनाबाट ७,६५० जनाको मृत्यु

219

काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख ३९ हजार २ सय २९ जना संक्रमित थपिएका छन् । यस्तै, ७ हजार ६ सय ५० जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्र एक लाख ८७ हजार ९ सय एक जना थपिएको छ । योसँगै अमेरिकामा कूल संक्रमितको संख्या एक करोड ६७ लाख ३७ हजार २ सय ६७ पुगेको छ । कोभिड-१९बाट पछिल्लो २४ घन्टामा १ हजार ३ सय ७९ जनाको मृत्यु भएको छ ।

यस्तै, कोरोनाभाइस संक्रमण संख्या अनुसार दोस्रो स्थानमा रहेको भारतमा २७ हजार ३ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ३३ जनाको निधन भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ९८ लाख ८४ हजार ७ सय १६ रहेको छ ।

ब्राजिलमा २१ हजार ३ सय ९५ जना थपिदा २ सय ७६ जनाको मृत्यु भएको छ । यसैगरी, रसियामा २८ हजार ८०, फ्रान्समा ११ हजार पाँच सय ३३, बेलायतमा १८ हजार ४ सय ४७, इटालीमा १७ हजार ९ सय ३८, टर्कीमा २६ हजार ९ सय १९ जना संक्रमित थपिएका छन् भने ब्राजिलमा २ सय ७६, रसियामा ४ सय ८८, फ्रान्समा १ सय ५०, बेलायतमा १ सय ४४, इटालीमा ४ सय ८४ र टर्कीमा २ सय १८ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, स्पेनमा भने पछिल्लो २४ घन्टामा कोरोना भाइसरको कुनै संक्रमित भेटिएको छैन भने मृत्यु पनि भएको छैन ।

विश्वभर कोरोनाभाइरसबाट ७ करोड २६ लाख ३१ हजार ५ सय ४५ जना संक्रमित भएका छन् भने १६ लाख १८ हजार ५ सय ६२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५ करोड ८ लाख ५४ हजार ४ सय ३९ जना स्वास्थ्य भइ फर्किएका छन् । २ करोड १ लाख ५८ हजार ५ सय ४४ जना अझै सक्रिय संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ६ हजार १ सय ९६ जनाको अवस्था गम्भीर रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...