घरेलु मैदानमा बार्सिलोनाको कठीन जित

217

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत बार्सिलोनाले कठीन जित हात पारेको छ । बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको खेलमा लेभान्टेमाथि १-० गोल अन्तरले विजयी भएको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले गोल गरे ।

ला गिगामा काडिज र च्याम्पियन लिगमा युभेन्टससँग लगातार पराजित भएको बार्सिलोनालाई जितसँगै केहि राहत मिलेको छ ।

घरेलु मैदानमा बलमा पकड बनाएको बार्सिलोनाले गोल गर्नका लागि भने दोस्रो हाफसम्म कुर्न पर्यो । लेभान्टेको मजबूद डिफेन्सलाई चिर्दै मेस्सीले ७६औं मिनेटमा निर्णायक गोल गरे ।

लेभान्टेमाथिको जितसँगै बार्सिलोना ११ खेलबाट १७ अंकसहित आठौं स्थानमा उक्लिएको छ । लिगको शीर्ष स्थानमा रहेको रियल सोसिडाड् र तेस्रो स्थानमा रहेको रियल मड्रिडसँगको दूरी ९ र ६ अंक रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...