न्युजिल्यान्डद्वारा टेष्ट सिरिज क्लिन स्विप : वेष्ट इन्डिज एक इनिङ्स १२ रनले पराजित

267

वेलिङ्गटन । टेष्ट च्याम्पियनसीप अन्तर्गत वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्टमा न्युजिल्यान्ड एक इनिङस १२ रनले विजयी भएको छ । जितसँगै न्युजिल्यान्डले दुई टेष्टको सिरिज २-० ले क्लिन स्विप गरेको छ ।

दोस्रो टेष्टको चौथो दिन पाहुना टोली वेष्ट इन्डिजलाई ३ सय १७ रनमा समेट्दै एक इनिङ्स १२ रनले पराजित गरेको हो । फलोअनमा परी दोस्रो पारीको सुरुवात गरेको वेष्ट इन्डिजका लागित जोन क्याम्पबेलले ६८, ज्यासन होल्डरले ६१, जोशुवा डा सिल्भाले ५७, शमराह ब्रुक्सले ३६, अल्जारी जोसेफले २४ रन बनाएका थिए ।

पहिलो इनिङमा वेष्ट इन्डिज मात्र १ सय ३१ रनमा समेटिएको थियो । पहिलो पारीमा न्युजिल्यान्डका टिम साउथी र काइल जेमिसनले पाँच/पाँच विकेट लिएपछि वेष्ट इन्डिजको ब्याटिङ धरासायी बनेको थियो ।

वेलिङटनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो पारीमा ४ सय ६० रनको योगफल बनाएको थियो । न्युजिल्यान्डका लागि हेन्द्री निकोल्सले शतकीय पारी खेले , उनले २ सय ८० बलमा एक छक्का र २१ चौकाको मद्धतमा १ सय ७४ रनको योगदान दिए ।

यस्तै, नेइल वागनरले ६६, विल योङले ४३, दरिल मिचेलले ४२, बिजे वाटलिङले ३० रनको योगदान दिए ।

टेष्ट च्याम्पियनसीप अन्तर्गत वेष्ट इन्डिजविरुद्धको सिरिज जितेको न्युजिल्यान्डले १ सय २० अंक प्राप्त गरेको छ । शीर्ष स्थानमा अष्ट्रेलयिा, दोस्रोमा भारत, तेस्रोमा इंग्ल्यान्ड रहेका छन् । यसैगरी, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, वेष्ट इन्डिज, दक्षिण अफ्रिका र बंगलादेश क्रमशः चौंथो, पाँचौं, छैटौं, सातौं, आठौं र नवौं स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...