बिबिएल २०२० : मेलबर्न रेनेगेड्सको लज्जास्पद हार, सिड्नी सिक्सर्स १४५ रनले विजयी

297

काठमाडौं । बिग बास लिग (बिबिएल) २०२० अन्तर्गत सिड्नी सिक्सर्सले फराकिलो जित हात पारेको छ । आइतबार सम्पन्न दोस्रो खेलमा सिड्निीले पहिलो जित हात पार्ने क्रममा मेलबर्न रेनेगेड्सलाई ६० रनमा समेट्दै १ सय ४५ रनको प्रभावशाली जित हात पारेको हो ।

दुई सय ५ रनको विशाल लक्ष्यलाई पछ्याएको रेनेगेड्सले १०.४ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो । रेनेगेड्सका शन मार्स, ज्याक फ्रेजर म्याकगर्क र केन रिचर्डसनले समान १३१३ तथा कप्तान आरोन फिन्चले १२ रनको पारी खेले ।

रेनेगेड्सलाई सस्तैमा समेट्ने क्रममा सिक्सर्सका बेन द्वाराहुसिले ४, स्टेभ ओकिफेले ३, कार्लोस ब्राथवाइटले २ तथा गुरिन्दर सन्धुले एक विकेट लिए ।

यसअघि बेलेराइभ ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिक्सर्सले निर्धारित २० ओभरमा २ सय ५ रन बनाएको थियो ।

सिड्नीका जोस फिलिप्सले ९५, जोर्डन सिल्कले नटआउट ४५, दानिएल ह्युजेसले ३२ तथा जेम्स भिन्सले १७ रनको योगदान दिए ।

दुई खेलबाट पाँच अंक जोडेको सिड्नी सिक्सर्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । अंक तालकिामा मेलबर्न स्टार्स पहिलो, होबार्ट हुरिकेन्स दोस्रो स्थानमा रहेका छन् । यस्तै, मेलबर्न रेनेगेड्स चौथो स्थानमा रहेको छ भने समान एक एक खेल खेलेको एडिलेड स्ट्राइकर्स, सिड्नी थन्डर्स, ब्रिसबेन हिट र पर्थ स्कोर्चर्स जितविहिन रहँदै क्रमशःपाँचौं, छैटौं, सातौं र आठौं स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...