कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

163

रौतहट । कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । राजदेवी नगरपालिका-८ लक्ष्मीपुर गाउँबाट १ थान कटुवा पेस्तोलसहित भारत सितामडी जिल्ला बरौनिया थाना मुसहर चोक बस्ने २१ वर्षीय नितेस कुमार पटेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पटेलले तिघ्रामा लुकाइ ल्याएको पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...