पछिल्लो २४ घन्टामा थप ८३० जनामा कोरोना संक्रमण : १,५०० कोभिड-१९ मुक्त

178

काठमाडौं । पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्यामा कमि आएको छ भने संक्रमण मुक्त हुनेको संख्यामा वृद्धि भएको छ । गत २४ घन्टामा देशभर थप ८ सय ३० जना कोरोना संक्रमित थपिएको छ । जसमध्ये पुरुष ५ सय र महिला ३ सय ३० जना रहेका छन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा ५ हजार १ सय ८१ जनाको पिसिआर नमूना परिक्षण गरिएकामा ८ सय ३० जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ रहेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार पाँच सय जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ३५ हजार ७ सय ३१ रहेको छ । यो हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९४.९ प्रतिशत हो ।

५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा काठमाडाैं, ललितपुर र कास्की रहेका छन् ।

देशभर होम आइसोलेसनमा जम्मा ६ हजार २ सय ३२ रहेका छन् । जसमध्ये प्रदेश नम्बर एकमा ७ सय १४, प्रदेश नम्बर दुईमा १ सय ६, बागमती प्रदेशमा ३ हजार ५ सय ८०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ९ सय ६०, कर्णाली प्रदेशमा १ सय २९ र सुदूरपश्चिम प्रदेशमा ७ सय ३० जना रहेका छन् ।

यस्तै, प्रदेश नम्बर एकमा ३९, प्रदेश नम्बर दुईमा ७, बागमती प्रदेशमा १ सय ७, गण्डकीमा ८३, लुम्बिनीमा ४६, कर्णालीमा ५ र सुदूरपश्चिममा ६ गरी २ सय ९४ जना आइसियूमा रहेका छन् । साथै, प्रदेश एकमा १०, बागमतीमा २४, गण्डकीमा ९, लुम्बिनीमा ४, कर्णालीमा ३ र सुदूरपश्चिममा २ जना बिरामी भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यसैगरी, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...