काठमाडौं । दशौं संस्करणको बिग बास लिग (बिबिएल) २०२० अन्तर्गत होबार्ट हुरिकेन्सले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भएको खेलमा होबार्टले एडिलेड स्ट्राइकर्सलाई ११ रन पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्ताे पाएकाे होबार्टले निर्धारित २० ओभरमा १ सय ७४ रन बनाएको थियो । मध्यम सुरुवात गरेको हार्बाटले पहिलो विकेका लागि डिआर्ची सर्ट र विल ज्याक्सले ६३ रनको साझेदारी गरेका थिए ।
डिआर्ची सर्टले ७२ तथा विल ज्याक्सले ३४ रनको योगदान दिए । यस्तै, कोलिन इन्ग्रामले २५, टिम डेविडले २१ तथा जेम्स फल्कनरले १२ रनको पारी खेले ।
एडिलेडका वेस अगरले २, राशिद खान, पिटर सिडल र दानिएल वर्रलले समान एक एक विकेट लिए ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको एडिलेडले ९ विकेटको क्षतिमा १ सय ६३ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको एडिलेडका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरा अंकमा रन बनायो । दानिएल वर्रलले ६२, ड्यानी ब्रिग्सले ३५ तथा म्याट रेन्शाले ३३ रन बनाए पनि टोलिलाई जित दिलाउन सकेन ।
एडिलेडलाई कम स्कोरमा रोक्ने क्रममा होबार्टका जेम्स फल्कनरले ३, जोहान बोथा र रिले मेरिडिथले २-२ तथा नथान एलिसले एक विकेट लिए ।
जितसँगै होबार्ट दोस्रो स्थानमा उक्लिएको छ । बिबिएलमा मेलबर्न स्टार्स दुई खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै, मेलबर्न रेनेगेड्स तेस्रो स्थानमा रहेका छ ।