पर्थ स्कोर्चर्समाथि मेलबर्न रेनेगेड्सको सहज जित

320

काठमाडौं । दशौं संस्करणको बिग बास लिग (बिबिएल) अन्तर्गत मेलबर्न रेनेगेड्सले विजयी सुरुवात गरेकाे छ । शनिबार भएको दोस्रो खेलमा रेनेगेड्सले पर्थ स्कोर्चर्सलाई ७ विकेटले पराजित गरेको हो ।

स्कोर्चर्सले दिएको १ सय ३१ रनको सामान्य लक्ष्य रेनेगेड्सले १६.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टाएको थियो । रेनेगेड्सको जितमा शन मार्सले ६२, आरोन फिन्चले ३५ तथा रिले रोसउले १७ रनको योगदान दिए ।

यसअघि होबार्टमा टस जितेर पहिले ब्याटिङ गरेको पर्थ स्कोर्चर्सले पाँच बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । स्कोर्चर्सका आरोन हार्डीले ३३, एस्टोन टर्नरले २४, मिचेल मार्सले १७, एन्ड्रयु ताइले १५ तथा जोय क्लार्कले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।

स्कोर्चर्सलाई सस्तैमा समेट्ने क्रममा रेनेगेड्सका जोस लालोर र केन रिचर्डसनले समान ३३, पिटर हातजोग्लोले २ तथा ब्यु वेबस्टरले एक विकेट लिए ।

बिबिएलको अंक तालिकामा मेलबर्न स्टार्स शतप्रतिशत नतिजासहित ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । यस्तै, रेनेगेड्स दोस्रो र होबार्ट हुरिकेन्स तेस्रो स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...