काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ कम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ४२ जना व्यक्तिमा गरिएको पिसिआर परिक्षणमा उक्त पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।
यस्तै, २४ घन्टामा १ हजार ३ सय ५९ जना व्यक्ति कोरोना मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ३४ हजार २ सय ३१ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट देशभर थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।