कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

208

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ ।

सिटौलाको सचिवालयका अनुसार शुक्रबार गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । साथै, उनले सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिलाई सावधानी अपनाउन साथै आवश्यकता अनुसार पिसिआर परिक्षण गर्न सुझाव दिएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । ·

 

Share This:
सम्बन्धित खबर
Loading...