अमेरिकामा अहिलेसम्मकै उच्च रेकर्ड : एकैदिन ३,१२४ जनाको मृत्यु

178

एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको देखिएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घन्टामा तीन हजार १ सय २४ व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो पाँच दिनमा मात्रै थप झण्डै पाँच लाख जनामा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा अहिले पनि एक लाख छ हजारभन्दा बढी संक्रमितहरु अस्पतालमा उपचारकै क्रममा रहेका छन् ।

महामारी देशभरी नै बढ्दै गइरहेको र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई दवाव पनि बढेको अधिकारीहरूले बताएका छन् ।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ भने कुल एक करोड ५५ लाखभन्दा बढी संक्रमित भएका छन् ।

एकैदिनमा मृत्यु भएकाहरूको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।

यसअघि गत अप्रिल १५ मा सवैभन्दा धेरै एकैदिनमा दुई हजार ६ सय २ जनाको मृत्यु भएको थियो । न्युयोर्क शहरमा कोरोना महामारीको केन्द्र बनेको बेला त्यति धेरै मानिसको एकैदिनमा मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...