बिबिएल २०२० : मेलबर्नको विजयी सुरुवात, ब्रिसबेन ६ विकेटले पराजित

160

काठमाडौं । दशौं संस्करणको बिग बास लिग (बिबिएल) अन्तर्गत मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई ६ विकेटले पराजित गरेको हो ।

ब्रिसबेनले दिएको १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको मेलबर्नले १७.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो ।

मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेल र हिल्टन कार्टराइटले समान ४६/४६ रनको योगदान दिए । खराब सुरुवात गरेको मेलबर्नलाई जित दिलाउन चौथौ विकेटका लागि म्याक्सवेल र कार्टराइटले ७५ रनको साझेदारी गरे ।

यस्तै, निक लार्किनले १६ तथा आन्द्रे फ्लेचरले १२ रन जोडे ।

यसअघि, क्यानबेरास्थित मनुका ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ब्रिसबेनले एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । मध्यम सुरुवात गरेको ब्रिसबेनका ओपनर म्याक्स ब्रायन्ट र साम हिजलेटले पहिलो विकेटका लागि १९ रनको साझेदारी गरे । आउट हुन अघि ब्रायन्टले २० तथा हिजलेटले १४ रन जोडेका थिए ।

टोम कूपरले ब्रिसबेनका लागि सबैभन्दा बढी २६ रनको पारी खेले । यस्तै, क्रिस लिनले २०, जिमी पिरसनले १८ रनको पारी खेले ।

मेलबर्नका नथान कुल्टर निलले ४, दिलबर्ट हुसेनले २ तथा क्लिन्ट हिन्चलिफले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...