पछिल्लो २४ घन्टामा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि : ११ जनाकाे मृत्यु

181

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थपिएकामा ६ सय ३३ पुरूष र ४ सय ११ महिला रहेका छन् । याेसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार थपिएका १ हजार ४४ जनासहित अहिले संक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ रहेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार २ सय ७१ जना कोरोना मुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट हालसम्म एक हजार ६ सय ७४ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...