इटालीलाई विश्वकप दिलाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका रोसीको निधन

150

एजेन्सी । विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ ।

उनकी श्रीमती फेडेरिका कपेलेटीले ६४ वर्षको उमेरमा आफ्ना श्रीमान्‌को निधन भएको बिहीबार पुष्टि गरेकी छन् ।

उनले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाएका थिए । त्यसपछि उनी आफ्नै देशमा फुटबलको कमेन्टेटरका रुपमा क्रियाशिल भएका थिए ।

इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत काम गरेका रोसीलाई इटलीका विश्व प्रसिद्ध सफल खेलाडीका रुपमा चिन्ने गरिएको छ ।

उनको निधनपछि उनकी श्रीमतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “तपाई जस्तो संसारमा अर्को कोही छैन, तपाई विषेश हुनुहुन्थ्यो, फरक हुनुहुन्थ्यो, तर अब तपाई नै नरहेपछि म पूर्ण शून्यतामा पुगेकी छु ।”

रोसीले स्पेनमा भएको विश्वकपमा ६ गोल गरेका थिए । ब्राजिलसँगको खेलमा ३–२ गोल गरेर इटलीलाई जिताएका थिए भने विश्वकपको फाइनलमा पश्चिमी जर्मनीविरुद्ध ३–१ गोलका साथ उपाधि दिलाएका थिए ।

सन् १९८२ मा नै उनी फिफा वर्ष खेलाडीका रुपमा पनि निर्वाचित भइ विश्वकै सर्वप्रिय खेलाडीमध्ये एक बन्नु सफल भएका थिए ।

उनको निधनमा शोक व्यक्त गर्दै इटलीको फुटबल महासंघले आधा झण्डा झुकाउने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...