बिग बास लिग खेल्न सन्दीप आगामी मंगलबार अष्ट्रेलिया जाने

279

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन् । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मंगलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नेछन् ।

अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । यसपटक लामिछाने होबार्ट हुरिकेन्सबाट बिग बास खेल्ने तयारीमा छन् । यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए । दशौं संस्करणको बिग बास लिग आजदेखि सुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा लामिछाने आवद्ध हुरिकेन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए । उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए ।

यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेका थिए । ट्रिनिडाड एण्ड टोबागोमा भएको सिपिएलमा उनले जमैका तलाबाजमा आवद्ध भइ ११ खेलमा १२ विकेट लिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...