नेपाल फिफा वरीयताको १७१औं स्थानमा यथावत

251

काठमाडौं । नेपालको फुटबल वरीयता यथावत रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औं स्थानमा यथावत रहेको छ ।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बंगलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरीयता यथावत रहेको छ । बंगलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ । गत साता बंगलादेश विश्वकप छनोटअन्तर्गत कतारसँग पराजित भएको थियो । दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बंगलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औं स्थानमा रहेको छ ।

फुटबलको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा वरीयतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं तथा इटाली १०औं स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...