तेत्तीस लाख बराबरको अवैध लत्ताकपडा बरामद

244

मोरङ । मोरङको विराटनगर महानगरपालिका-७ जलजला चोक नजिकबाट ३३ लाखभन्दा बढीको अवैध रुपमा भण्डारण गरिएको लत्ताकपडा बरामद गरिएको छ ।

भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय ब्यापारी तरुण कुमार रौनियारको गोदामबाट बिहीबार दिउँसो उक्त मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।

बरामद भएको लत्ताकपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानी बुझाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...