आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरी पक्राउ

212

उदयपुर । आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ परेकी छन् । लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...