पछिल्लो २४ घन्टामा १,२१७ जनामा कोरोना पुष्टि : देशभर १२,३६८ सक्रिय संक्रमित

219

काठमाडौं । नेपालमा बिहीबार एक हजार २ सय १७ कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर सात हजार २ सय ३२ जनाको पिसिआर परीक्षण गरिएकामा ७ सय ७४ पुरुष र ४ सय ४३ महिला गरी एक हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको कूल सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । अहिले देशभर १२ हजार ३ सय ६८ कोरोना संक्रमित छन् । पछिल्लो २४ घन्टामा एक हजार २४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ३१ हजार ६ सय १ रहेको छ । कोरोना निको हुने दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अध्यावधिक विवरणमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा गत २४ घन्टामा २ सय ४४ पुरुष र १ सय ६० महिला गरी जम्मा ४ सय ४ जना संक्रमित थपिएका छन् । यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएसँगै मृतकको जम्मा सङ्ख्या एक हजार ६ सय ६३ पुगेको छ । आइसियूमा उपचारत ३ सय ९ र भेण्टिलेटरमा जम्मा ५७ जना उपचाररत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...