लागु औषधसहित दुई युवक पक्राउ

134

राजविराज । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट लागु औषधसहित दुई युवकलाई बुधबार पक्राउ गरेको छ ।

पक्राउपर्नेमा वडा नम्बर ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चितानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बोदेबर्साइन नगरपालिका– ५ जाँजरबाट दुवै जना युवकलाई पक्राउ गरेको हो ।

स ३ प ३६६१ नंको मोटरसाइकलमा सवार भएर गइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुको साथबाट १० थान डाइजिल्याव एम्पुल, आठ थान फेर्नागन एम्पुल, १० थान नोफिन एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...