पछिल्लो २४ घन्टामा १,०५६ जनामा संक्रमण पुष्टि : संक्रमितको संख्या दुई लाख ४४ हजार नाघ्यो

162

काठमाडौं । नेपालमा केहि दिनयता कोरोना संक्रमितको संख्या क्रमश घट्दै गइरहेको छ । आज मंगलबारभन्दा ४ सय २७ जना सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना संक्रमित हुँदा एक हजार ४ सय ८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।

बुधबार थपिएका संक्रमितमध्ये पुरुष ६ सय ७० र महिला ३ सय ८६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमणमुक्त भएका एक हजार ४ सय ८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५ सय ३७ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म निको हुने दर ९४ दशमलव ३ प्रतिशत रहेको छ । आजसम्म सक्रिय संक्रमितको सङ्ख्या १३ हजार ८ सय ९६ रहेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा संक्रमितको सङ्ख्या दुई लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।

काठमाडौं उपत्यकामा बुधबार ४ सय ९६ संक्रमित थप भएका छन् । जसमध्ये २ सय ८८ पुरुष र २ सय १४ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौंमा चार हजार ७ सय ८१, ललितपुर ९ सय ४० र भक्तपुरका ४ सय ५३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरी छ हजार २ सय ८६ नमूना परीक्षण गरिएको थियो । हालसम्म १८ लाख पाँच हजार ९ सय ७२ नमूना परीक्षण भइसकेका छन् । प्रति १० लाख जनसङ्ख्यामा ६१ हजार ८ सय ८९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

सक्रिय संक्रमितमध्ये हाल सात हजार ६ सय ९ होम आइसोलेसनमा छन् । प्रदेशअनुसार होम आइसोलेसनमा रहनेको सङ्ख्या प्रदेश नम्बर १ मा एक हजार २३, प्रदेश नम्बर २ मा १ सय ५१, बागबती प्रदेशमा चार हजार ४ सय २९, गण्डकी प्रदेशमा २ सय ३६, लुम्बिनि प्रदेशमा ९ सय ८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७ सय ८ रहेका छन् ।

देशभरमा गरी बुधबार ३ सय ३० संक्रमित आइसियूमा रहेका छन् । प्रदेश नम्बर १ मा ३९, प्रदेश नम्बर २ मा सात, बागमती प्रदेशमा १ सय २४, गण्डकी प्रदेशमा ९८ र लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात संक्रमित आइसियूमा रहेका छन् । त्यस्तै प्रदेश नम्बर १ मा पाँच, बागमती प्रदेशमा ३५, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा ५७ संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

तीन जिल्लामा पाँच सय बढी संक्रमित, दुई जिल्लामा शुन्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा संक्रमित ५सय बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा काठमाडौं, ललितपुर र कास्की रहेका छन् ।

थप १४ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा कोभिडका कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६ सय ५१ पुगेको छ । जम्मा संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६८ प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५६ दशमलव पाँच छ । रासस

Share This:
सम्बन्धित खबर
Loading...