एकेडेमी सञ्चालन गर्न एन्फा र सशस्त्र प्रहरी बलबीच सम्झौता

150

काठमाडौं । युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपिएफ) बीच सम्झौता भएको छ । एन्फाले युवा खेलाडी विकासका लागि एपीएफसित छ वर्षको सम्झौता गरेको हो ।

युवा खेलाडी विकासका लागि नेपाल एपिएफ स्कूल फुटबल एकेडेमी स्थापनाका गरिने छ । एन्फा र एपिएफ दुवै पक्षबीच युवा खेलाडीलाई शिक्षामा सहयोग गर्दै व्यावसायिकरुपमा फुटबलतर्फ आकर्षित गर्न सो सहमति भएको हो । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा मंगलबार आयोजिक एक कार्यक्रममा सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले हस्ताक्षर हस्ताक्षर गरे ।

एन्फा र एपिएफ एकेडेमीको प्राविधिक टोलीले देशभरिबाट २१ खेलाडी छनोट गर्नेछ । तीमध्ये १४ खेलाडीको एन्फा र एपिपीएफले प्रायोजन गर्नेछन् । दुवै पक्षले उनीहरुको कक्षा १२ सम्मको पठनपाठनको सम्पूर्ण खर्च ब्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ । खेलाडी उत्पादनका लागि एन्फासित सहकार्य गर्न तयार रहेको महानिरीक्षक खनालले बताए ।

शीर्ष डिभिजनको लिग खेल्ने एपिएफ क्लबले आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको यो पहिलोपटक हो । एपिएफ, एन्फा र खुलातर्फ सात सात गरी २१ खेलाडी छनोट गरी एकेडेमीमा भर्ना गरिने छ । एकेडेमी सञ्चालन गर्न एन्फाले वार्षिक रु १० लाख सहयोग गर्ने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...