एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

129

 

बाँके । नेपालगंज उपमहानगरपालिका(१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत रुपैडिया बाबागञ्ज बस्ने २१ वर्षीय मोबिन अली र सोही ठाउँ बस्ने २१ वर्षीय सलवान अली रहेका छन् ।

एटिएम मेसिनमा चोरी गर्न लागेको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त एटिएम बुथ तोडफोड गरी भाग्न लागेको अबस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...