विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८,८४८.८६ मिटर

208

काठमाडौं । सगरमाथाको उचाई ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाई वृद्धि भएको घोषणा गरेका हुन् । याेसँगै सगरमाथाकाे उचाई  ८ हजार ८ सय ४८ दशमलव ८६ कायम भएकाे छ ।

नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाई मापन गरेको हो । नेपालले करिब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाई घोषणा गर्ने सम्झौता गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...