एटिएम फुटाउँदै गरेको अवस्थामा पक्राउ

192

काठमाडौं । एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे ।

उक्त एटिएमको तल्लो भाग फुटाइ अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको थियाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...