काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर एक हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घन्टामा एक हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २७ हजार ४ सय ३३ पुगेको छ । नेपालका हालसम्म दुई लाख ४१ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा कोरोनाका कारण २० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ६ सय १४ पुगेको छ ।