झापा । झापाबाट खैरो हेरोइनसहित दुई जना प्रकाउ परेका छन् । प्रहरीले मेचीनगर नगरपालिका-७ गैह्रीगाउँबाट २ जना पक्राउ गरेका हुन् ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो १ बजे पश्चिम बंगाल दार्जिलिङ पानी ट्याङकीका ४२ वर्षीय गंगु सुब्बा र झापाको बुद्धशान्ति गाउँपालिका-३ का ४७ वर्षीय दिलिप कुमार राजवंशीलाई १८ ग्राम लागुऔषध खैरो हेरोइन तथा भारतिय रुपैयाँ नगद २१ हजारसहित पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।