राष्ट्रपतिद्वारा यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी

134

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आइतबार दुई अध्यादेश जारी गरेकी छन् ।

संविधानको धारा ११४ को उपधारा (१)बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...