टी-२० सिरिज भारतद्वारा कब्जा : दोस्रो खेलमा अष्ट्रेलिया ६ विकेटले पराजित

153

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टी-२० सिरिज भारतले जितेको छ । दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै एक खेल अगावै भारतले कब्जा जमाएको हो ।

आइतबार भएको दोस्रो खेलमा घरेलु टोली अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले दुई बल बाँकी रहँदै पुरा गर्दै ६ विकेटको फराकिलो जित हात पारेको हो । भारतको जितमा हार्दिक पाण्ड्या र श्रेयास आयरले नटआउट ३२ तथा १२ रनको पारी खेले । यस्तै, शिखर धवनले ५२, कप्तान विराट कोहलीले ४०, लोकेश राहुलले ३० तथा सञ्जु सामसनले १५ रनको योगदान दिए ।

यसअघि सिड्नी क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल बनाएको थियो ।

अष्ट्रेलियाका कप्तान म्याथु वाडेले ५८, स्टेभन स्मिथले ४६, मोइसेस हेनरिक्सले २६, ग्लेन म्याक्सवेलले २२ तथा मर्कूस स्टोइनिसले नटआउट १६ रन बनाए ।

भारतका टी नटराजनले २ तथा शार्दुल ठाकुर र युजवेन्द्र चाहलले समान एक-एक विकेट लिए ।

दुई टोलीबीचको अन्तिम टी-२० मंगलबार सिड्नी क्रिकेट ग्राउण्डमा हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...