नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु : प्रधानमन्त्री ओली सहभागी

136

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । केहीबेरअघि बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएका छन् । यसअघि यही मंसिर १७ गते बसेको बस्ने भनिएको बैठक आजका लागि सारिएको छ । सचिवालय बैठक लम्बिएसँगै मसिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मंसिर २१ गतेसम्मका लागि सरेको छ ।

यसअघि मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहेको छ ।

दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मंसिर २५ गते हुने केन्द्रीय कमिटी बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरूबीच विवाद रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...