वेष्ट इन्डिजविरुद्धकाे पहिलाे टेष्टमा न्युजिल्यान्ड जित नजिक

255

काठमाडाैं । वेष्ट इन्डिजविरुद्धकाे पहिलाे टेष्टमा न्युजिल्यान्ड जित नजिक पुगेकाे छ । फलाेअनमा परी दाेस्राे इनिङ्सकाे सुरुवात गरेकाे पाहुन टाेली वेष्ट इन्डिजले दाेस्राे इनिङ्समा पनि खराव प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

पहिलाे पालीमा वेष्ट इन्डिजले १३८ रन बनाएपछि फलाेअनमा परेकाे थियाे । फलाेअनमा परी दाेस्राे इनिङ्सकाे सुरुवात गरेकाे वेष्ट इन्डिजले तेस्राे दिनकाे समाप्तीमा दाेस्राे पारीमा ६ विकेटकाे क्षतिमा १ सय ९६ रन बनाएकाे छ र अझै वेष्ट इन्डिज १ सय ८५ रनले पछि रहेकाे छ ।

दाेस्राे पारीमा वेष्ट इन्डिजका जर्माइन ब्ल्याकवूड र अल्जारी जाेसेफ क्रमशः ८० र ५९ रनमा नटआउट रहेका छन् । उनीहरुबाहेक अन्य खेलाडीले उल्लेखनीय पारी खेल्न सकेनन् । डरेन ब्राबाेले १२ तथा क्रेग ब्राथवाइटले १० रन बनाए ।

न्युजिल्यान्डका नेइल वाग्नरले २ तथा टिम साउथी, ट्रेन्ट बाेल्ट, काइल जेमिन्सन र दरिल मिचेलले समान एक-एक विकेट लिए ।

घरेलु टाेली न्युजिल्यान्डले पहिलाे पारीमा कप्तान केन विलिम्सनकाे सर्वश्रेष्ठ पारीकाे मद्धतमा ५ सय १९ रनकाे स्थितिमा पारी समाप्तीकाे घाेषणा गरेकाे थियाे । विलिम्सनले टेष्टमा सबैभन्दा उच्च याेगफल बनाउने क्रममा ४ सय १२ बलमा २ छक्का र ३४ चाैकाकाे मद्धतमा २ सय ५१ रन बनाएकाे थियाे ।

यस्तै, टाेम लाथमले ८६, काइल जेमिन्सनले ५१, राेस टेलरले ३८ रनकाे याेगदान दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...