कांग्रेसद्वारा संघीय संसद् बैठक माग (विज्ञप्तिसहित)
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय रूपमा उठेका तथा देश र जनताका ज्वलन्त विषयमा छलफल गर्नका लागि संघीय संसद्को बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसमक्ष माग गर्ने निर्णय गरेको छ ।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबारको बैठकले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ ।
पार्टीले यही मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।