सभापति देउवाद्वारा पूर्वगृहमन्त्री स्वाँरको निधनप्रति दुःख व्यक्त (विज्ञप्तिसहित)

225

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वगृहमन्त्री स्वाँरको यही मंसिर १७ गते काठमाडौंमा ९४ वर्षको उमेरमा निधन भएको थियो ।

सभापति देउवाले शुक्रबार शोक वक्तव्यमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।

पिता हर्कजङ्गबहादुर र माता कौशिल्यादेवी स्वाँरको सन्ततिका रुपमा विसं १९८४ मंसिर ९ गते जन्मिएका स्वाँरले विसं २००६ मा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएका थिए । स्व स्वाँरका चार छोरी र दुई छोरा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...