श्रीमती हत्याको आरोपीलाई १० वर्ष कैद

121

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई शुक्रबार १० वर्ष कैद फैसला गरेको हो ।

फैसलामा रु एक लाख जरिवाना र रु ८ सय पीडित राहत कोषमा जम्मा हुने गरी सजायको सुनाएको छ । रत्ननगर नगरपालिका–१५, माधवपुरमा गत जेठ ६ गते ५४ वर्षीय श्रीमान् पूर्णप्रसाद ढकालले खुकुरी प्रहार गर्दा ४३ वर्षीया श्रीमती सुशीला ढकाल गम्भीर घाइते भएकी थिइन् ।

सुशीलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा जेठ १५ गते मृत्यु भएको थियो । घरायसी विवादको क्रममा खुकुरी प्रहार हुँदा सुशीला घाइते भएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...