पछिल्लो २४ घन्टामा थप १,२७२ जनामा संक्रमण : कोरोनाबाट १६ को मृत्यु

149

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा एक हजार २ सय ७२ जना संक्रमित हुँदा एक हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको सङ्ख्या कम भएको छ ।

थपिएका संक्रमितमध्ये पुरुष ७ सय ८८ र महिला ४ सय ८४ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय संक्रमणमुक्त भएका एक हजार ५ सय ७५ समेत गरी आजसम्म दुई लाख २१ हजार ८ सय ४७ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको छ । आजसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार १४ रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा संक्रमितको सङ्ख्या दुई लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

काठमाडौं उपत्यकामा शुक्रबार ६ सय ६ संक्रमित थप भएका छन् । जसमध्ये ३ सय ५९ पुरुष र २ सय ४७ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौंमा पाँच हजार ९ सय ९६, ललितपुर एक हजार २ सय ५५ र भक्तपुरका ५ सय ४० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३१ नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ७१ हजार ९ सय ५० नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६० हजार ७ सय २१ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

सक्रिय संक्रमितमध्ये हाल १० हजार ३ सय ९४ होम आइसोलेसनमा छन् । प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ७ सय ७५, प्रदेश २ मा २ सय ४२, बागमती प्रदेश पाँच हजार ९ सय ७४, गण्डकी प्रदेश ४ सय ५९, लुम्बिनी प्रदेश एक हजार ३ सय २, कणार्ली प्रदेश ८४ र सुदुर पश्चिम प्रदेशमा ५ सय ५८ रहेको छ ।

देशभर आजसम्म ३ सय २८ संक्रमित आइसियूमा रहेका छन् । प्रदेश १ मा २६, प्रदेश २ मा आठ, बागमती प्रदेशमा १ सय २२, गण्डकी प्रदेशमा ८१ र लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा नौ र सुदूरपश्चिम प्रदेशमा सात संक्रमित आइसियूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा आठ, प्रदेश २ मा एक, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेश नौ र लुम्बिनी प्रदेश तीन र सुदूरपश्चिममा दुई गरी जम्मा ५४ संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

छ जिल्लामा ५०० बढी संक्रमित
आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा संक्रमित ५ सय बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौं, भक्तपुर, र कास्की रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५ सय ६७ पुगेको छ । जम्मा संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५३ दशमलव सात हो ।

Share This:
सम्बन्धित खबर
Loading...