पहिलो टी-२० मा भारतद्वारा अष्ट्रेलियालाई १६२ रनको लक्ष्य

243

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टी-२० मा भारतले १ सय ६२ रनको लक्ष्य दिएको छ । क्यानबेरास्थित मनुका ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले १ सय ६१ रन बनाएको थियो ।

मध्यम सुरुवात गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटकाे क्षतिमा १ सय ६१ रन बनाएकाे थियाे । भारतका लागि लोकेश राहुलले सर्बाधिक ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, सञ्जु सामसनले २३, हर्दिक पाण्ड्याले १६ जोडे । यसैगरी, कप्तान विराट कोहलीले ९, वासिङटन सुन्दरले ७, मनिष पाण्डेले २ तथा शिखर धवनले १ रन बनाए ।

आक्रामक पारी खेलेको रविन्द्र जडेजाले २३ बलमा एक छक्का र पाँच चौकाको मद्धतमा ४४ रनको अविजित पारी खेले ।

अष्ट्रेलियाका मोइजेस हेनरिक्सले ३, मिचेल स्टार्कले दुई तथा मिचेल स्वीपसन र एडम जाम्पले समान एक-एक विकेट लिए ।

यसअघि दुई टोलीबीचको एकदिवसीय सिरिज अष्ट्रेलियाले २-१ ले जितेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...