अन्तिम खेलमा भारतकाे सान्त्वना जित : एकदिवसीय सिरिज अष्ट्रेलियाद्वारा २-१ ले कब्जा

192

काठमाडाैं । अष्ट्रेलियाविरुद्ध तेस्राे खेलमा भारत १३ रनले विजयी भएकाे छ । जितसँगै भारतले एकदिवसीय सिरिज क्लिन स्विप हुनबाट बचाएकाे छ । सुरुवाती दुई खेलमा साढे तीन सयभन्दा बढी रन बनाएकाे घरेलु टाेली अष्ट्रेलियाले ३ सय ३ रन बनाउन नसक्दा हार ब्याहाेरेकाे हाे । भारतसँग पराजित भएपनि अष्ट्रेलियाले तीन खेलकाे सिरिजमा २-१ ले कब्जा जमाएकाे छ ।

आजकाे खेलमा तीन खेलाडीलाई परिवर्तन गर्दै ३ सय ३ रनकाे लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएकाे अष्ट्रेलिया २ सय ८९ रनमा समेटियाे । दाेस्राे खेलमा घाइते भएका ओपनर डेविड वार्नरकाे स्थानमा मर्नुस लबुसचेनले खेल्ने माैका पाए पनि उनले त्यसलाई सदुपयाेग गर्न सकेनन् । उनी मात्र ७ रनमा आउट भए ।

अष्ट्रेलियाका कप्तान आराेन फिन्चले ७५, ग्लेन म्याक्सवेलले ५९, एलेक्स क्यारीले ३८, एस्टाने अगरले २८, माेसेस हेन्द्रिक्सले २२ तथा क्यामराेन ग्रिनले २१ रनकाे पारी खेले पनि टाेलीलाई जित दिलाउन सकेनन् । यस्तै अघिल्लाे दुई खेलमा लगातार शतक प्रहार गरेकाे स्टेभन स्मिथले मात्र ७ रन जाेडे ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतका शार्दुल ठाकुरले ३, जसप्रीत बुम्राह र टी नटराजनले समान २-२ तथा कुलदीप यादव र रविन्द्र जडेजाले एक-एक विकेट लिए ।

यसअघि, क्यानबेरास्थित मनुका ओभलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएकाे पाहुना टाेली भारतले निर्धारित ५० ओभरमा पाँच विकेटकाे क्षतिमा ३ सय २ रन बनाएकाे थियाे ।

भारतका लागि कप्तान विराट काेहली, हार्दिक पाण्ड्या रविन्द्र जडेजाले अर्धशतकीया पारी खेले । ४ खेलाडी परिवर्तन गरेकाे भारतकाे सुरुवात भने सामान्य रह्याे । पहिलाे विकेटका लागि शिखर धवन र सुभमन गिलले २४ रनकाे साझेदारी गरे । धवन १६ रनमा आउट भए भने गिल ३३ रनकाे बनाएर एस्टाेन अगरकाे बलमा एलबिडब्ल्यु धरापमा परे ।

यस्तै, श्रेयास आयरले भारतकाे स्काेर काेहलीसँग मिलेर १ सय १४ रन सम्म पुर्याए । आयर पनि १९ रन बनाउँदै एडम जाम्पाकाे बलमा आउट भए भने काेहलीले ६३ रनकाे पारी खेले । काेहलीले आजकाे खेलमा सचिन तेन्दुल्करकाे रेकर्डलाई ताेडेका छन् । काेहलीले सबैभन्दा कम पारीमा १२ हजार रन पुरा गर्दै उक्त कीर्तिमान बनाएका हुन् ।

हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले छैटाैं विकेटका लागि नटआउट १ सय ५० रनकाे शतकीय साझेदारी गर्दै टाेलीलाई सम्मानजनक याेगफलतर्फ डाेहाेर्याए । पाण्ड्या र जडेजाले नटआउट ९२ र ६६ रनकाे याेगदान दिए ।

अष्ट्रेलियाका एस्टाेन अगरले २, एडम जाम्पा, जाेस हेजलवूड र सिन एब्बाेटले समान एक/एक विकेट लिए ।

यसअघि सम्पन्न पहिलाे खेलमा ६६ र दाेस्राे खेलमा ५१ रनले अष्ट्रेलिया विजयी भएकाे थियाे ।

Share This:
सम्बन्धित खबर
Loading...