एकदिवसीय सिरिज : भारतद्वारा अष्ट्रेलियालाई ३०३ रनकाे लक्ष्य

162

काठमाडाैं । अष्ट्रेलियाविरुद्धकाे तेस्राे तथा अन्तिम एकदिवसीय खेलमा भारतले ३ सय ३ रनकाे लक्ष्य दिएकाे छ ।

क्यानबेरास्थित मनुका ओभलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएकाे पाहुना टाेली भारतले निर्धारित ५० ओभरमा पाँच विकेटकाे क्षतिमा ३ सय २ रन बनाएकाे थियाे ।

भारतका लागि कप्तान विराट काेहली, हार्दिक पाण्ड्या रविन्द्र जडेजाले अर्धशतकीया पारी खेले । ४ खेलाडी परिवर्तन गरेकाे भारतकाे सुरुवात भने सामान्य रह्याे । पहिलाे विकेटका लागि शिखर धवन र सुभमन गिलले २४ रनकाे साझेदारी गरे । धवन १६ रनमा आउट भए भने गिल ३३ रनकाे बनाएर एस्टाेन अगरकाे बलमा एलबिडब्ल्यु धरापमा परे ।

यस्तै, श्रेयास आयरले भारतकाे स्काेर काेहलीसँग मिलेर १ सय १४ रन सम्म पुर्याए । आयर पनि १९ रन बनाउँदै एडम जाम्पाकाे बलमा आउट भए भने काेहलीले ६३ रनकाे पारी खेले । काेहलीले आजकाे खेलमा सचिन तेन्दुल्करकाे रेकर्डलाई ताेडेका छन् । काेहलीले सबैभन्दा कम पारीमा १२ हजार रन पुरा गर्दै उक्त कीर्तिमान बनाएका हुन् ।

हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले छैटाैं विकेटका लागि नटआउट १ सय ५० रनकाे शतकीय साझेदारी गर्दै टाेलीलाई सम्मानजनक याेगफलतर्फ डाेहाेर्याए । पाण्ड्या र जडेजाले नटआउट ९२ र ६६ रनकाे याेगदान दिए ।

अष्ट्रेलियाका एस्टाेन अगरले २, एडम जाम्पा, जाेस हेजलवूड र सिन एब्बाेटले समान एक/एक विकेट लिए ।

तीन खेलकाे सिरिज भने यसअघि नै अष्ट्रेलियाले २-० ले जितिसकेकाे छ । पहिलाे खेलमा ६६ र दाेस्राे खेलमा ५१ रनले विजयी भएकाे थियाे ।

Share This:
सम्बन्धित खबर
Loading...