कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनुपर्छ : वरिष्ठ नेता पौडेल

179

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औं महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफू आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताए ।

उनले भने, “प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो । त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु ।” पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए ।

वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवर्द्धन र अन्यायकाविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...