लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले हत्या अभियोगमा फरार रहेका तिन अभियुक्तहरुलाई १८ वर्षपछि पक्राउ परेका छन् । उनीहरुलाई मंसिर ११ गते पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका-५ बस्ने ४१ वर्षीय मन बहादुर गुरुङ, सोहि स्थानका २४ वर्षीय धनराज गुरुङ र ४५ वर्षीय मिरु भन्ने धन बहादुर गुरुङ रहेका छन् ।
पक्राउ परेका उनिहरुले २०५९ साल असोज ३० गते दसैँका दिन साबिक जिल्ला लमजुङ कोल्की गाविस–३ हाल दूधपोखरी गाउँपालिका–५ स्थित श्री हिमालय माध्यमिक विद्यालयको चौरमा २८ वर्षीय भीम बहादुर गुरुङलाई टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेका थिए ।
उक्त घटना पश्चात फरार रहेका उहीहरुलाई विशेष सूचनाको आधारमा १८ वर्षपछि पक्राउ गरिएको छ । पक्राउ परेका उहीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।