बंगलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

253

एजेन्सी । बंगलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मुस्लिम बहुल यस मुलुकमा सन् २०२० को १० महिनामा मात्र २५ लाख मोबाइल प्रयोगकर्ता थप भएका बंगलादेश दूरसञ्चार नियामक आयोग (बिटिआरसी) ले उल्लेख गरेको छ ।

बिटिआरसीका अनुसार बंगलादेशमा अक्टोबरसम्म कूल १६ करोड ८० लाख ६९ हजार मोबाइल प्रयोगकर्ता रहेका छन् । यहाँ चार मोबाइल फोन कम्पनी रहेका छन् भने तीमध्ये तीन कम्पनीले विदेशी लगानीमा सेवा प्रवाह गर्दै आएका छन् ।

अक्टोबरको अन्त्यसम्ममा ग्रामीफोन, रोबी एक्साइटा, बंगालालिङ्क र राज्यको स्वामित्व रहेको टेलिटकका क्रमशः सात करोड ८१ लाख २१ हजार, पाँच करोड चार लाख १३ हजार, तीन करोड ४९ लाख १७ हजार र ४६ लाख १८ हजार मोबाइल फोन प्रयोगकर्ता रहेको बीटीआरसीको तथ्याङ्कमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...