बालक हत्यामा संलग्न भएकाे आरोपमा एक जना पक्राउ

294

सुनसरी । सुनसरीको दुहवी नगरपालिका-२ का १७ वर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेको छ । मंसिर १० गते देखि हराइरहेका बालकको खोजतलास गर्ने क्रममा सोमबार बिहान ५ बजे दुहवी नगरपालिका-२ मा रहेको अरुण वनस्पति उद्योग कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारेको थियो ।

बालक हराएको भनि इलाका प्रहरी कार्यालय दुहवीमा मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान सुरु गरेको प्रहरी टोलीले घटनामा संलग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० वर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफूले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिएसँगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको थियो ।

बालकको शव फेला परे सँगै थप अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साथै मृतक चौधरीको शव परिक्षणको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...