सुन्दर गुफापोखरी [फोटोकथा]
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको दुई हजार ८ सय ९० मिटर उचाइमा रहेको सुन्दर गुफापोखरी । मौसम खुलेसँगै मकालु हिमाल पृष्ठभूमिमा उभिएको देखिने यो पोखरी गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले क्षेत्रको महत्वपूर्ण पर्यटन गन्तव्य हो ।
तेह्रथुमको वसन्तपुर बजारबाट दुई घण्टा सवारीमा पुग्न सकिने भएकाले धरान, इटहरी, विराटनगरका आगन्तुक यो पोखरीमा धेरै आउँछन् ।