ब्राउन सुगरसहित दुई भारतिय नागरिक पक्राउ

196

झापा । झापाको भद्रपुर-४ नरसिंह बगान स्थितबाट लागुऔषध खैरोहिरोइन (ब्राउन सुगर) सहित दुई भारतिय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत बिहार गलगलिया-४ का १९ वर्षीय महमद जबर र सोही स्थानका ५९ वर्षीय ऐजुब महमद अली रहेका छन । विशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आइतबार विहान ११ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ५ ग्राम  ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...